
काठमाडौं, कात्तिक ४ । नेप्से पुन घट्न थालेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको अन्तिम कारोवार दिन आज बिहिबार पुन १४ दशमलव सात अंकले घटेर २५ सय ५६ दशमलव ९५ अंकमा सिमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६५ अंकले घटेर चार सय ८३ दशमलव ३९ अंकमा सिमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय १६ वटा कम्पनीहरुको ३६ हजार सात सय ६२ पटक शेयर कारोवार भएको छ । जसबाट ६१ लाख छ हजार चार सय ५२ कित्ता शेयर किनबेच कारोवार रकम दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार चार सय ६० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहरुको शेयर किनबेच भएकाछन्। जसमध्ये अन्य र सामुहिक लगानी कोष समुहको सुचकमा झिनो अंकले सुधार देखिएपनि वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका ११ वटा समुहहरुको सुचक भने उच्च अंकले घटेकाछन् ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये मेरो माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्युचुअल फण्ड, सनराईज ब्बुलुचिप फण्ड, सिद्दार्थ बैंक आदिको शेयर मुल्य बढेकाछन् भने जोशी हाईड्रो पावर कम्पनी, गुडविल फाईनान्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, रैराङ हाईड्रो पावर कम्पनी कम्पनी आदिको शेयर घटेकाछन् । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने सानिमा बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक लगायतका कम्पनीहरु परेकाछन् ।