
काठमाडौं, कात्तिक ७। नेप्से २७ अंकले बढेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से २७ दशमलव ५१ अंकले बढेर २५ सय ८४ दशमलव ५२ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २४ अंकले बढेर चार सय ९० दशमलव ६८ अंकमा सिमित हुन पुगेको छ ।
नेप्सेमा आज दुई सय २५ वटा कम्पनीहरुको ३८ हजार एक सय ४७ पटक शेयर किनबेच भएकाछन् । जसबाट आज ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच भएको छ भने शेयर कारोवार रकम दुई अर्ब ७७ करोड ३३४ लाख २० हजार एक सय ३५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा ट्रेडिङ समुहको सुचक घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १२ वटा समुहहरुको सुचक बढेकाछन् ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज बेष्ट फाईनान्स कम्पनी, रिडी हाईड्रो पावर कम्पनी, सर्पोट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने मेरो माइक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था, रुरु जलबिद्युत कम्पनी, सानिमा बैंक आदि परेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आईसीएफसी फाईनान्स, युनाईटेड मोदी हाईड्रो पावर लिमिटेड, अरुण भ्याली हाईड्रो पावर लिमिटेड आदि परेकाछन् ।