Kath Khabar
नेप्सेमा ८७ दशमलव ६३ अंकको उच्च बृद्धि

काठमाडौं, कात्तिक ८। अघिल्लो दिन २७ दशमलव ५१ अंकले बढेको नेप्से आज सोमबार पनि उच्च अंकले बढेको छ । नेप्से आज ८७ दशमलव ६३ अंकले बढेर २६ सय ७२ दशमलव २५ अंकमा सिमित हुँदा सेन्सिटिभ पनि १३ दशमलव ६१ अंकले बढेर पाँच सय चार दशमलव ५७ अंकमा सिमित हुन पुगेको छ ।

नेप्सेमा आज दुई सय २९ वटा कम्पनीहरुको ५३ हजार सात सय ९२ पटक शेयर कारोवार भएको छ । जसबाट आज ८३ लाख ९५ हजार आठ सय ६४ कित्ता शेयर किनबेच हुँदा शेयर कारोवार रकम चार अर्ब ३० करोड ८८ लाख ९५ हजार पाँच सय ७५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहरुको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहरुको सुचक उच्च अंकले बढेकाछन् ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज सेन्ट्रल, फाईनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी, बेष्ट फाईनान्स आदिको शेयर मुल्य बढेकाछन् भने सिद्धार्थ बैंकको ऋणपत्र, मेरो माईक्रो लघुवित्त वित्तीय संस्था, युनिलिभिर नेपाल लिमिटेड आदिको शेयर मुल्य भने घटेकाछन् । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बैंक, सिद्धार्थ बैंक, अपी पावर लिमिटेड आदि परेकाछन् ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update