
काठमाडौं, कात्तिक ९। नेप्से २७ सय अंकबाट पनि माथि चढेको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से ७८ दशमलव २८ अंकले बढेर २७ सय ५१ दशमलव सात अंकमा सिमित हुँदा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव पाँच अंकले बढेर पाँच सय १६ दशमलव सात अंकमा सिमित हुन पुगेको छ । आज सबैगरी दुई सय २७ वटा कम्पनीहरुको ७२ हजार नौ सय ७३ पटक शेयर किनबेच भएकोमा एक करोड १४ लाख ८६ हजार एक सय २३ कित्ता शेयर कारोवार भएकाछन् । यसबाट आज कुल शेयर कारोवार रकम छ अर्ब ३१ करोड ८३ लाख ४० हजार नौ सय ३२ रुपैयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोवार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका सबै समुहहरुको सचुक बढ्दा नेप्से पुरै हरियो देखिएको छ ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज बेष्ट फाईनान्स कम्पनी, राधी जलबिद्युत कम्पनी, नेपाल हाईड्रो डेभलपर कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने साना किसान लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी, आशा लघुवित्त वित्तीय संस्था, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक, कामना सेवा विकास बैंक, नेशनल हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।