
काठमाडौं, कात्तिक १० । नेप्से आज बुधबार पनि उच्च अंंकले बढेको छ । आज नेप्से १८ दशमलव छ अंकले बढेर २७ सय ६९ दशमलव १३ अंकमा सिमित हुँदा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ४९ अंकले बढेर पाँच सय १६ दशमलव ५६ अंकमा सिमित हुन पुगेको छ ।
नेप्सेमा आज दुई सय २८ वटा कम्पनीहरुको ७५ हजार छ सय १२ पटक शेयर किनबेच भएकाछन् । सोही किनबेचमा आधारमा आज एक करोड १५ लाख ९२ हजार दुई सय ३५ कित्ता शेयर खरिद विक्री हुँदा कारोवार रकम छ अर्ब ६१ करोड २६ लाख ४८ हजार आठ सय ४० रुपैयाँ पुग्न सफल भएको छ ।
आज नेप्सेमा १३ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, फाईनान्स निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, अन्य, लघुवित्त र सामुहिक लगानी कोष सहितका आठ वटा समुहरुको सुचक बढेकाछन् भने विकास बैक, जलबिद्युत, होटल तथा पयर्टन र उत्पादनमुलक सहितका चार वटा समुहहरुको सुचक घटेकाछन् । लगानी समुहको सुचक भने आज स्थिर रहेको छ ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज बेष्ट फाईनान्स, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने एभरेष्ट बैकको कन्भर्टेबल प्रिफरेन्स, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक, बेष्ट फाईनान्स, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।