Kath Khabar
२७ सय ८२ अंकमा पुगेर रोकियो नेप्से

काठमाडौं, कात्तिक ११ । नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि बढेको छ । आज नेप्से १३ दशमलव चार अङ्कले बढेर २७ सय ८२ दशमलव १६ अङ्कमा पुगेर रोकिँदा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४२ अङ्कले बढेर पाँच सय २० दशमलव ९८ अङ्कमा पुगेर रोकिएको छ ।

आज नेप्सेमा दुई सय २२ वटा कम्पनीहरूको ५९ हजार एक सय ४० पटकको कारोबारमा ९२ लाख ३६ हजार छ सय १३ कित्ता शेयर किनबेच भएकाछन् । सोही किनबेचका आधारमा आज कुल शेयर कारोबार रकम पाँच अर्ब ३९ करोड ५२ लाख ६८ हजार छ सय २८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज सबै किसिमका गरी १३ वटा समुहहरूको शेयर कारोबार भएको छ । जसमध्ये वाणिज्य बैंक, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक र सामूहिक लगानी कोष सहितका छ वटा समुहको सूचक घटेकाछन् भने विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, अन्य, लघुवित्त र लगानी सहितका सात वटा समुहहरूको सूचक बढेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज रिडी हाइड्रो पावर कम्पनी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, हिमालयन पावर पार्टनर लिमिटेड आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा एभरेष्ट इन्स्योरन्स कम्पनीको संस्थापक शेयर, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज नबिल बैंक, ज्योति विकास बैंक, स्वरोजगार लघुवित्त वित्तीय संस्था, रिडी हाइड्रो पावर कम्पनी आदि परेकाछन् ।  


 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update