Kath Khabar
नेप्सेप्रति लगानीकर्ताहरू उत्साहित, पहिलो दिन कारोवार दिन नै ५५ अंकले बढ्यो नेप्से

काठमाडौं, कार्तिक १४ । नेप्सेप्रति लगानीकर्ताहरू उत्साहित देखिएका छन् । साताको सुरुवाती कारोवार दिन आज आइतबार नै नेप्से उच्च अंकले बढेपछि शेयरबजार प्रति लगानीकर्ताहरू उत्साहित देखिएका हुन् ।

नेप्से आज ५५ दशमलव पाँच अङ्कले बढेर २८ सय ३७ दशमलव ६१ अङ्कमा सीमित हुँदा सेन्सिटिभ पनि नौ दशमलव ४६ अङ्कले बढेर पाँच सय ३० दशमलव ४६ अङ्कमा सीमित भएको छ । आज नेप्सेमा दुई सय ३२ वटा कम्पनीहरूको ८१ हजार नौ सय ३५ पटक शेयर किनबेच भएकाछन् । सोही आधारमा एक करोड ३८ लाख ९९ हजार तीन सय २२ कित्ता शेयर किनबेच भएकोमा कुल शेयर कारोबार रकम सात अर्ब ८२ करोड ३२ लाख २६ हजार चार सय ९३ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सूचक घटेको छ भने विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १२ वटा समुहहरूको सूचक उच्च अङ्कले बढेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज युनाइटेड इन्स्युरेन्स कम्पनी, चन्द्रागिरी हिल्स लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था, पाँचथर पावर कम्पनी आदिको शेयर मूल्य बढेकाछन् भने एभरेष्ट बैंक, सिटिजन्स म्युचुअल फन्ड १, सानिमा लार्ज क्याप फन्ड आदि परेकाछन् । रकम कारोबारका आधारमा भने आज अरुण कावेली जलविद्युत कम्पनी, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, नबिल बैंक आदि अगाडि परेकाछन् ।  

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update