Kath Khabar
नेप्सेमा १७ दशमलव ७५ अङ्कले गिरावट

काठमाडौं, कार्तिक १५। अघिल्लो दिन उच्च अङ्कले बढेको नेप्से आज सोमबार भने घटेको छ । नेप्से आज १७ दशमलव ७५ अङ्कले घटेर २८ सय १९ दशमलव ८६ अङ्कमा सीमित हुँदा सेन्सिटिभ पनि एक दशमलव ८८ अङ्कले घटेर पाँच सय २८ दशमलव ५८ अङ्कमा सीमित हुन पुगेको छ ।

आज नेप्सेमा दुई सय २६ वटा कम्पनीहरूको ८० हजार तीन सय ५१ पटक शेयर कारोबार भएकाछन् । जसअन्तर्गत एक करोड ३४ लाख तीन हजार तीन सय १२ कित्ता शेयर किनबेच भएकोमा कुल शेयर कारोबार रकम सात अर्ब ७७ करोड ७५ लाख १० हजार सात सय ७८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार गएकाछन् । जसमध्ये वाणिज्य बैंक, होटल तथा पर्यटन र लगानी समुह समेत गरी तीन वटा समुहको सूचक बढेकाछन भने विकास बैंक, फाइनान्स, जलविद्युत, लघुवित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष सहितका १० वटा समुहहरूको सूचक घटेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज महुली लघुवित्त वित्तीय संस्था, साहस ऊर्जा लिमिटेड, पाँचथर पावर कम्पनी आदिको शेयर मूल्य बढेकाछन भने कामना सेवा विकास बैंक, आशा लघुवित्त वित्तीय संस्था, हिमालयन पावर पार्टनर नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेकाछन् । बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, नबिल बैंक आदि परेकाछन् ।

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update