
काठमाडौं, कात्तिक १६। साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से बढेको छ । आज नेप्से २३ दशमलव ७६ अंकले बढेर २८ सय ४३ दशमलव ६२ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८४ अंकले बढेर पाँच सय ३१ दशमलव ४२ अङ्कमा पुग्न सफल भएको छ। आज नेप्सेमा दुई सय ३० वटा कम्पनीहरूको ५९ हजार आठ सय ८१ पटकको कारोबारमा ९९ लाख ७७ हजार चार सय ८३ कित्ता शेयर किनबेच भएको छ । सोही किनबेचका आधारमा आज कुल शेयर कारोबार रकम छ अर्ब सात करोड ३७ लाख १६ हजार आठ सय ८८ रुपैयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन्। ति मध्ये वाणिज्य बैंक, ट्रेडिङ र लगानी सहितका तीन वटा समुहको सूचक घटेकाछन् भने विकास बैंक, जलविद्युत, फाइनान्स, लघुवित्त, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष सहितका १० वटा समुहको सूचक बढेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज साहस ऊर्जा लिमिटेड, लुम्बिनी विकास बैंक, प्रभु इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेकाछन् भने विशाल बजार कम्पनी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य भने घटेकाछन् । बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा आज महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, लुम्बिनी विकास बैंक आदि परेकाछन् ।