
काठमाडौं, कार्तिक १७ । नेप्से आज बुधबार पनि बढेको छ । आज नेप्से पाँच दशमलव २२ अंकले बढेर २८ सय ४८ दशमलव ८४ अंकमा चढेको छ । तर सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ५२ अंकले घटेर पाँच सय ३० दशमलव ८९ अंकमा पुगेको छ । आज कुल दुई सय २९ वटा कम्पनीहरूको ६१ हजार सात सय ४५ पटक शेयर किनबेच भएकाछन् । जसबाट ९९ लाख ९५ हजार पाँच सय २२ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम छ अर्ब ५५ करोड ३० लाख ५९ हजार एक सय ५२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष सहितका आठ वटा समुहको सूचक बढेकाछन् भने निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन र लगानी सहितका पाँच वटा समुहको सूचक घटेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज महालक्ष्मी विकास बैंक, साहस ऊर्जा लिमिटेड, अरुण कावेली पावर लिमिटेड, अपी पावर लिमिटेड आदिको शेयर मूल्य बढेकाछन् भने मल्टिपर्पोज फाइनान्स, पाँचथर पावर कम्पनी आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नबिल बैंक, अपि पावर लिमिटेड, महालक्ष्मी विकास बैंक आदि परेकाछन् ।