Kath Khabar
शेयर बजारमा भीषण पहिरो, सबै सूचक रातै


काठमाडौं, कात्तिक २३। शेयर बजारमा भीषण पहिरो गएको छ । सोही आधारमा नेप्से आज मंगलबार पुरै रातो देखिएको छ । नेप्से आज ७९ दशमलव ७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ अंकमा सिमित हुँदा सेन्सिटिभ पनि १६ दशमलव दुई अंकले घटेर पाँच सय १२ दशमलव ८२ अंकमा सीमित हुन पुगेको छ ।

आज नेप्सेमा दुई सय २५ वटा कम्पनीहरूको एक लाख छ सय ६६ पटक शेयर किनबेच भएकाछन् । जसबाट एक करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम छ अर्ब ५२ करोड ७७ लाख २९ हजार पाँच सय ४७ रुपैयाँ पुग्न सफल भएको छ । नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका सबै सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज तेह्रथुम पावर लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था, साहस ऊर्जा लिमिटेड आदिको शेयर मूल्य बढेकाछन् भने आईसीएफसी फाईनान्स, महालक्ष्मी विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य घटेकाछन् । बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज नबिल बैंक, साहस ऊर्जा लिमिटेड, प्राईम कमर्सियल बैंक, आईसीएफसी फाइनान्स आदि परेकाछन् ।


 

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update