Kath Khabar
रोकिएन नेप्सेको उच्च गिरावट, ५९ अंकले घट्दा पाँच अर्ब ११ करोडको शेयर कारोबार


काठमाडौ, कार्तिक २५ । साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि नेप्से उच्च अंकले घटेको छ । आज नेप्से ५९ दशमलव ५७ अंकले घटेर २६ सय ९० दशमलव २९ अंकमा सीमित हुन पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ६३ अंकले घटेर पाँच सय दुई दशमलव १९ अंकमा सीमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय २५ वटा कम्पनीहरुको ७३ हजार तीन सय २८ पटक शेयर कारोबार भएकाछन् । जसअनुसार ९४ लाख ७५ हजार नौ सय ३६ कित्ता शेयर किनबेच हुँदा कुल शेयर कारोबार रकम भने पाँच अर्ब ११ करोड ९६ लाख दुई हजार पाँच सय ४० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैक, जलविद्युत, फाइनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहको सुचक घट्दा नेप्से पुरै रातो देखिएको छ ।

कारोवार भएका कुल कम्पनीहरू मध्ये आज मानुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी लिमिटेड, साहस ऊर्जा लिमिटेड, लिबर्टी इनर्जी कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेकाछन् भने आईसीएफसी फाइनान्स, महालक्ष्मी विकास बैंक, खानीखोला हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज महालक्ष्मी विकास बैंक, आईसीएफसी फाइनान्स, नबिल बैंक आदि परेकाछन् ।


 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update