Kath Khabar
नेप्सेमा झिनों अंकले गिरावट, दुई सय ३० वटा कम्पनीहरुको चार अर्ब नौ करोड रुपैयाँको शेयर किनबेच


काठमाडौं, कार्तिक २८। नेप्सेमा झिनो अंकले गिरावट आएको छ । साताको सुरुवाती कारोबार दिन आज आइतबार नेप्से एक दशमलव ३८ अंकल घटेर २६ सय ८८ दशमलव ९२ सीमित भएपनि सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव २५ अंकले बढेर पाँच सय दुई दशमलव ४४ अंकमा सीमित हुन पुगेको छ । सो अनुसार आज दुई सय ३० वटा कम्पनीहरूको ६१ हजार चार सय पाँच पटकको कारोबारमा ७४ लाख ३४ हजार पाँच सय ३७ कित्ता शेयर किनबेच भएकाछन् । जसबाट कुल कारोबार रकम चार अर्ब नौ करोड ६२ लाख १९ हजार पाँच सय २५ रुपैयाँ ४० पैसा पुग्न सफल भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार गएकाछन् । जसमध्ये वाणिज्य बैंक, जलविद्युत्, जीवन बीमा, लगानी, सामूहिक लगानी कोष र ट्रेडिङ सहितका छ वटा समुहहरूको सूचक घटेकाछन् भने विकास बैक, फाइनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त र अन्य सहितका सात वटा समुहहरूको सूचक बढेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज बोटलर्स नेपाल (तराई) लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, लुम्बिनी विकास बैंक आदिको शेयर मूल्य बढेकाछन् भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, साहस ऊर्जा लिमिटेड, समिट लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य भने घटेकाछन् । रकम कारोबारका आधारमा भने आज महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, नबिल बैंक आदि परेकाछन् ।


 

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update