Kath Khabar
को बन्नुहोला नेप्सेको प्रमुख कार्यकारी अधिकृत, ११ जनाले दिनु भयो आवेदन

काठमाडौं, कार्तिक २९ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको लागि ११ जनाले आवेदन दिनुभएको छ । अर्थमन्त्रालयका सुचना अधिकृत रितेश शाक्यका अनुसार प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन दिईसक्नु पर्ने अन्तिम समय कात्र्तिक २८ गते आईतबार अपरान्ह चार बजेसम्ममा ११ जनाले प्रमुख कार्यकारी पदको लागि आवेदन दिनुभएको हो ।
यसरी आवेदन दिनुहुनेहरुमा डा. रमेश कुमार भण्डारी, जीवन अम्गाई, प्रविन पन्दाक, बद्री प्रसाद प्याकुरेल, कृष्ण बहादुर कार्की, निरञ्जन फुयाँल, दिपक गौत्तम, केशवप्रसाद श्रेष्ठ, गोविन्द प्रसाद दाहाल, छविराज पन्त र रमेश घिमिरे सहितका व्यक्तिहरु रहनुभएको छ ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृतकोरुपमा यसअघि चन्द्रसिंह साउद रहनुभएको थियो । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा बिवादमा तानिए संगै साउदले पदबाट राजीनामा दिनुभएको थियो । सो पश्चात रिक्त रहेको प्रमुख कार्यकारी पदको लागि अर्थमन्त्रालयले यही कात्र्तिक ११ गते शुक्रबार १५ दिने अवधि तोकेर खुल्ला प्रतिस्पर्धाको आव्हान गरेको थियो ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update