
काठमाडौं, कात्तिक ३०। साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से हरियो भएको छ । नेप्से आज ६९ दशमलव २२ अंकले बढेर २७ सय ८४ दशमलव ५७ अंकमा कायम रहँदा सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ९२ अंकले बढेर पाँच सय २१ दशमलव ४६ अंकमा सीमित हुन पुगेको छ ।
आज नेप्सेमा दुई सय २७ वटा कम्पनीहरूको ६९ हजार दुई सय पटक शेयर कारोबार भएकाछन् । उक्त कारोबारमा एक करोड ९३ हजार दुई सय २१ कित्ता शेयर किनबेच हुँदा कुल शेयर कारोबार रकम पाँच अर्ब ५२ करोड १६ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा सहितका सबै समुहको सूचक बढ्दा नेप्से पुरै हरियो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज नेपाल बंगलादेश बैंक, बोटलर्स नेपाल तराई लिमिटेड, अपर तामाकोसी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेकाछन् भने विजय लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, जानकी फाइनान्स आदि परेकाछन् ।