
काठमाडौं, मंसिर १। नेप्से उच्च अंकले बढेको छ । आज बुधबार नेप्से १६ दशमलव ९५ अंकले बढेर २८ सय एक दशमलव ५२ अंकमा कायम रहंदा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९८ अंकले बढेर पाँच सय २५ दशमलव ४४ अंकमा कायम रहेको छ । आज नेप्सेमा दुई सय २४ वटा कम्पनीहरुको ७७ हजार पाँच सय १८ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड १९ लाख ४३ हजार आठ सय ५८ कित्ता शेयर किनबेच भएको छ भने कारोबार रकम सात अर्ब ३७ करोड ९४ लाख ४६ हजार आठ सय २० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, फाइनान्स, जलविद्युत, होटल तथा पर्यटन, ट्रेडिङ, अन्य र लघुवित्त सहितका सात वटा समुहको सूचक बढेकाछन् भने विकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, उत्पादकमूलक, सामूहिक लगानी कोष र लगानी सहितका छ वटा समुहको सूचक घटेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज पञ्चकन्यामाई हाइड्रो पावर कम्पनी, अपर तामाकोसी हाइड्रो पावर कम्पनी, तेह्थुुम पावर कम्पनी, नेपाल बंगलादेश बैंक आदिको शेयर मूल्य बढेकाछन् भने बोटलर्स नेपाल तराई लिमिटेड, महालक्ष्मी बिकास बैंक, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल टेलिकम, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल बंगलादेश बैंक, महालक्ष्मी विकास बैंक, नेशनल हाइड्रो पावर कम्पनी आदिको बढी रकम कारोबार भएकाछन् ।