Kath Khabar
साताको पहिलो दिन नै नेप्से नकारात्मक

काठमाडौं, मंसिर ५ । साताको पहिलो कारोबार दिन आज आइतबार नै नेप्से नकारात्मक देखिएको छ । नेप्से आज ११ दशमलव छ अंकले घटेर २७ सय ५७ दशमलव ५३ अंकमा सीमित हुँदा सेन्सिटिभ पनि तीन दशमलव ७५ अंकले घटेर पाँच सय १८ दशमलव २५ अंकमा सीमित हुन पुगेको छ ।

नेप्सेमा आज दुई सय २५ वटा कम्पनीहरूको ५४ हजार छ सय ६४ पटकको कारोबारमा ७८ लाख ९४ हजार चार सय ६८ कित्ता शेयर खरिदबिक्री भएको छ । जसबाट कुल कारोबार रकम चार अर्ब ३५ करोड ७३ लाख नौ हजार तीन सय १९ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोबार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा, फाइनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहहरूको सूचक घटेकाछन् भने जलविद्युत र उत्पादनमूलक सहितका दुई वटा समुहहरूको सूचक बढेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज नारायणी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त वित्तीय संस्था, हिमालयन ऊर्जा विकास कम्पनी आदिको शेयर मूल्य बढेकाछन् भने तेह्रथुम पावर कम्पनी, प्रिमियर इन्स्युरेन्स कम्पनी, नेपाल बंगलादेश बैंक आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूमा सुचीमा भने महालक्ष्मी विकास बैंक, नेशनल हाइड्रो पावर कम्पनी, अपरतामाकोसी हाइड्रो पावर कम्पनी आदि परेकाछन् ।


 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update