Kath Khabar
शेयर बजारमा सामान्य अंकले करेक्सन, सात अंकले बढ्दा झण्डै चार अर्बको शेयर किनबेच

काठमाडौ, मंंसिर ६। शेयर बजार सामान्यरुपमा बढेको छ। अघिल्लो दिन घटेको शेयर बजार परिसुचक (नेप्से) आज सोमबार भने सात दशमलव नौ अंकले बढेर २७ सय ६५ दशमलव ४३ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव २१ अंकले बढेर पाँच सय १९ दशमलव ४६ अंकमा सीमित हुन पुगेको छ ।

नेप्सेमा आज दुई सय २५ वटा कम्पनीहरूको ५१ हजार पाँच सय २६ पटकको कारोबारमा ७५ लाख ६५ हजार पाँच सय १० कित्ता खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ९२ करोड ९२ लाख ६१ हजार छ सय २७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, निर्जीवन बीमा, जलविद्युत, होटल तथा पर्यटन, ट्रेडिङ, अन्य सामूहिक लगानी कोष र लगानी सहितका आठ वटा समुहहरूको सूचक बढेकाछन् भने विकास बैंक, फाइनान्स, जीवन बीमा, उत्पादनमूलक र लघुवित्त सहितका पाँच वटा समुहको सूचक घटेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मानुषी लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, नेपाल इन्स्युरेन्स कम्पनी आदिको शेयर मूल्य बढेकाछन् भने एभरेष्ट इन्स्युरेन्स कम्पनीको संस्थापक शेयर, तेह्रथुम पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, मैलुङ खोला जलविद्युत कम्पनी आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने महालक्ष्मी विकास बैंक, हिमाल दोलखा हाइड्रो पावर कम्पनी, अपर तामाकोसी हाइड्रो पावर कम्पनी आदि परेकाछन् ।


 

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update