Kath Khabar
नेप्से पुन ऋणात्मक, ३२ अंकले घट्दा चार अर्ब १६ करोडको शेयर कारोबार


काठमाडौँ, मंसिर ७। नेप्से पुन ऋणात्मक देखिएको छ। अघिल्लो दिन सात अंकले बढेको नेप्से आज मंगलबार भने पुन ३२ दशमलव २९ अंकले घटेर २७ सय ३३ दशमलव १४ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आज तीन दशमलव ९८ अंकले घटेर पाँच सय १५ दशमलव ४८ अंकमा सीमित हुन पुगेको छ। दुई सय २७ वटा कम्पनीहरूको आज ५३ हजार सात सय ६७ पटक शेयर कारोबार भएको छ । जसबाट ७४ लाख ४८ हजार तीन सय ६६ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम चार अर्ब १६ करोड ५८ लाख ९६ हजार पाँच सय ७८ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकाछन् । जसमध्ये अन्य समुहको सूचक सामान्य अंकले बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १२ वटा समुहहरूको सूचक उच्च अंकले घटेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बढी कमाउने कम्पनीहरुको सुचीमा भने मानुषी लघुवित्त वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संंस्था, गणपती लघुुवित्त वित्तीय संस्थाा आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा आईसीएफसी फाइनान्स, नबिल ब्यालेन्स फन्ड २, माउन्टेन इनर्जी नेपाल लिमिटेड, घलेम्दी हाइड्रो पावर कम्पनी लिमिटेड आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, हिमाल दोलखा हाइड्रो पावर कम्पनी, अपि पावर लिमिटेड आदि परेकाछन् ।


 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update