Kath Khabar
शेयर बजारमा सामान्य करेक्सन, एक दशमलव ८२ अंकले बढ्दा चार अर्ब २१ करोडको शेयर कारोबार


काठमाडौं, मंसिर ८। शेयर बजारमा सामान्य अंकले करेक्सन देखिएको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार एक दशमलव ८२ अंकले बढेर २७ सय ३४ दशमलव ९३ अंकमा सिमित भएपनि सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २८ अंकले घटेर पाँच सय १५ दशमलव २० अंकमा सिमित हुन पुगेको छ । दुई सय २७ वटा कम्पनीहरुको ५४ हजार सात सय तीन पटकको कारोबारमा ७४ लाख ४५ हजार दुई सय २७ कित्ता किनबेच भएकाछन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम चार अर्ब २१ करोड ७४ लाख १५ हजार तीन सय ३७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, जीवन बीमा र ट्रेडिङ सहित तीन वटा समुहहरूको सूचक घटेकाछन् भने विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १० वटा समुहहरूको सूचक बढेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मैलुङ खोला जलविद्युत कम्पनी, कालिका पावर लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेको छ भने गोर्खाज फाइनान्स लिमिटेड, युनियन नेपाल हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड, अरुण कावेली पावर लिमिटेड आदि परेकाछन् ।


 

 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update