
काठमाडौं, मंसिर ९। अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज बिहीबार भने पुन: घटेको छ । नेप्से आज तीन दशमलव २२ अंकले घटेर २७ सय ३१ दशमलव ७८ सीमित हुँदा सेन्सिटिभ भने शून्य दशमलव ४५ अंकले बढेर पाँच सय १५ दशमलव ६४ अंकमा चढ्न सफल भएको छ । दुई सय ३३ वटा कम्पनीहरूको ४७ हजार एक सय १३ पटकको कारोबारमा ७४ लाख ८६ हजार पाँच सय ७५ कित्ता शेयर किनबेच भएकाछन् । सोही किनबेचका आधारमा आज कुल शेयर कारोबार रकम तीन अर्ब ७८ करोड ९७ लाख नौ हजार तीन सय ३१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकाछन्। जसमध्ये वाणिज्य बैंक, होटल तथा पर्यटन र अन्य सहितका तीन वटा समुहहरूको सूचक बढेकाछन् । यि बाहेक विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाइनान्स, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १० वटा समुहहरूको सूचक भने घटेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज समृद्धि फाइनान्स लिमिटेड, सामलिङ पावर लिमिटेड, जोशी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेकाछन् भने मानुषी लघुवित्त वित्तीय संस्था, साना किसान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक लगायतका कम्पनीहरू परेकाछन् ।