
काठमाडौं, मंसिर १२। नेपाल राष्ट्र बैकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेपछि शेयर लगानीकर्ताहरू झन हतोत्साही भएकाछन् । समीक्षा मार्फत राष्ट्र बैकले शेयर धितो कर्जामा गरेको कडाइ खुकुलो नबनाएर पछि लगानीकर्ताहरू हतोत्साही भएका हुन ।
सोहीकारण साताको पहिलो कारोवार दिन आज आइतबार नेप्से उच्च अंकले घटेको छ । नेप्से आज ८० दशमलव २९ अंकले घटेर २६ सय ५१ दशमलव ४९ अंकमा सीमित रहँदा सेन्सिटिभ पनि १४ दशमलव १९ अंकले घटेर पाँच सय एक दशमलव ४५ अंकमा सीमित हुन पुगेको छ । आज दुई सय ३४ वटा कम्पनीहरुको ७० हजार आठ सय ४२ पटकको कारोबारमा करोड १९ लाख तीन हजार दुई सय दुई कित्ता शेयर खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोबार रकम पाँच अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, विकास बैक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक उच्च अंकले घटेकाछन् । सोहीकारण आज नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज चामलिङ पावर लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी आदिको शेयर मूल्य बढेकाछन् भने मानुषी लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, सिभिल बैंक आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल महालक्ष्मी विकास बैंक, पुनर्बीमा कम्पनी, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, महालक्ष्मी विकास बैंक, नेशनल हाइड्रो पावर कम्पनी आदि परेकाछन् ।