Kath Khabar
आएन नेप्सेमा सुधार, २१ अंकले घट्दा चार अर्बको मात्र कारोबार


काठमाडौं, मंसिर १३। अघिल्लो दिन उच्च अंकले घटेको नेप्सेमा आज पनि सुधार आएन । अघिल्लो दिन ८० अंकले घटेको नेप्से आज सोमबार पुन २१ दशमलव ५१ अंकले घटेर २६ सय २९ दशमलव ९७ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९२ अंकले घटेर चार सय ९५ दशमलव ५३ अंकमा सिमित हुन पुगेको छ । कुल दुई सय २८ वटा कम्पनीहरुको ५१ हजार एक सय ३८ पटकको कारोबारमा ८२ लाख २५ हजार आठ सय २२ कित्ता शेयर किनबेच भएको छ । सोही किनबेचको आधारमा आज कुल शेयर कारोबार रकम चार अर्ब ८९ लाख ३७ हजार एक सय ३३ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । जसमध्ये जलविद्युत र सामूहिक लगानी कोष सूचक झिनो अंकले बढेको छ । यि बाहेक वाणिज्य बैंक,  फाइनान्स, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समुहहरूको सूचक उच्च अंकले घटेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज ङादी ग्रुप पावर लिमिटेड, जोशी हाइड्रो पावर कम्पनी, दिव्येश्वरी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेकाछन् भने भने आईसीएफसी फाइनान्स, मानुषी लघुवित्त वित्तीय संस्था, चन्द्रागिरी हिल्स लिमिटेड आदिको शेयर मूल्य भने घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज महालक्ष्मी विकास बैंक, आईसीएफसी फाइनान्स, नेशनल हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।  


 

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update