Kath Khabar
नेप्सेमा झिनो अंकले गिरावट, कारोबार रकम घटेर तीन अर्बको खुम्चियो


काठमाडौं, मंसिर १४। नेप्सेमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो दिन २१ अंकले घटेको नेप्से आज मंगलबार एक दशमलव ६४ अंकले घटेर २६ सय २८ दशमलव ३७ अंकमा सीमित हुन पुगेको छ । सेन्सिटिभ भने शून्य दशमलव १८ अंकले बढेर चार सय ९५ दशमलव ६३ अंकमा चढेको छ । आज दुई सय २५ वटा कम्पनीहरूको ४१ हजार पाँच सय ८५ पटकको कारोबारमा ६४ लाख ४७ हजार चार सय ४९ कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट आज कुल शेयर कारोबार रकम तीन अर्ब आठ करोड ९० लाख ४१ हजार नौ सय ९१ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, ट्रेडिङ, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त र लगानी सहितका सात वटा समुहहरूको सूचक घटेकाछन् भने विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, अन्य र सामूहिक लगानी सहितका छ वटा समुहहरूको सूचक रहेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सामलिङ पावर लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड, समिट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेकाछन् भने मितेरी डेभलपमेन्ट बैंक, कालिका लघुवित्त वित्तीय संस्था, कालिका पावर लिमिटेड, मेगा बैंक आदिको शेयर मूल्य घटेकाछन् । रकम कारोबारका आधारमा भने आज महालक्ष्मी विकास बैंक, आईसीएफसी फाइनान्स, हिमालयन डिस्ट्रिलरी प्रालि, महालक्ष्मी विकास बैंक आदि परेकाछन् ।  


 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update