
काठमाडौं, मंसिर १५। नेप्सेमा सुधार आएको छ । अघिल्लो सामान्य अंकले घटेको नेप्से आज बुधबार भने पाँच दशमलव २८ अंकले बढेर २६ सय ३३ दशमलव ६५ अंकमा कायम रहेको छ । यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ८९ अंकले बढेर चार सय ९६ दशमलव ७४ अंकमा कायम रहेको छ । आज नेप्सेमा दुई सय २३ वटा कम्पनीहरूको ३७ हजार पाँच सय ८५ पटकको कारोबारमा ५३ लाख १० हजार दुई सय १५ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खदिर बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ७४ करोड २० लाख ८५ हजार सात सय चार रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, ट्रेडिङ, उत्पादनमूलक, अन्य सामूहिक लगानी कोष र लगानी सहितका नौ वटा समुहहरूको सूचक बढेकाछन् भने निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन र लघुवित्त सहितका चारवटा समुहहरूको सूचक घटेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सामलिङ पावर लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेकाछन् भने आईसीएफसी फाइनान्स, तेह्रथुम पावर लिमिटेड, विजय लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, हिमालयन डिस्ट्रिलरी प्रा.लि, नेशनल हाइड्रो पावर कम्पनी आदि परेकाछन् ।