Kath Khabar
शेयर बजारमा ४९ अंकको पहिरो, सबै सूचक रातै



काठमाडौं, मंसिर १६। शेयर बजारमा आजपनि पहिरो गएको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से ४९ दशमलव चार अंकले घटेर २५ सय ८४ दशमलव ६१ अंकमा सिमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ४६ अंकले घटेर चार सय ८७ दशमलव २७ अंकमा सीमित हुन पुगेको छ । आज दुई सय ३१ वटा कम्पनीहरूको ४७ हजार आठ सय ६४ पटकको कारोबारमा ७९ लाख ३२ हजार सात सय ३१ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोबार रकम तीन अर्ब ४१ करोड ३५ लाख ८९ हजार एक सय २६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको शेयर किनबेच भएको छ । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ । कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सामलिङ पावर लिमिटेड, ङादी हाइड्रो पावर कम्पनी लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेकाछन् भने हिमालयन पार्टनर नेपाल लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य भने घटेकाछन् ।

बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज महालक्ष्मी विकास बैंक, नबिल बैंक, महिला लघुवित्त वित्तीय संस्था आदि परेकाछन् ।


 

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update