
काठमाडौं, मंसिर १९। शेयर बजार रातै देखिको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्सेमा १३ वटा समुहको कारोबार भएकोमा १३ वटै समुहको सूचक घटेपछि शेयर बजार रातै भएको छ ।
नेप्से आज ७२ दशमलव तीन अंकले घटेर २५ सय १३ दशमलव ८८ अंकमा कायम रहँदा सेन्सिटिभ पनि १४ दशमलव १५ अंकले घटेर चार सय ७३ दशमलव ३७ अंकमा कायम हुन पुगेको छ । दुई सय २६ वटा कम्पनीहरूको ६० हजार ८८ पटकको कारोबार भएकाछन् । जसबाट ८९ लाख २० हजार आठ सय ९४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम चार अर्ब नौ करोड सात लाख ६५ हजार तीन सय २५ रुपैयाँ पुगेको छ ।
कारोबार भएका १३ वटा समूहहरू मध्ये आज वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरूको सूचक उच्च अंकले घटेकाछन् । कारोबार भएका कुल कम्पनीहरू मध्ये आज ङादी ग्रुप पावर लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, अजोड इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेकाछन भने आईसीएफसी फाइनान्स, सबैको लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, बरुण हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेकाछन् ।
यसैगरी आज नेशनल हाईड्रो पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि, नबिल बैंक, महालक्ष्मी विकास बैंक आदिको भने बढी रकम कारोबार भएकाछन् ।