
काठमाडौं, मंसिर २०। शेयर बजारमा करेक्सन देखिएको छ । यसअघि लगातार उच्च अंकले घटेको नेप्से आज सोमबार भने ३२ दशमलव २२ अंकले बढेर २५ सय ४६ दशमलव आठ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि सात दशमलव ६३ अंकले बढेर चार सय ८० दशमलव ९७ अंकमा चढ्न सफल भएको छ । आज दुई सय २७ वटा कम्पनीहरूको ६९ हजार आठ सय ८८ पटकको कारोबारमा ९४ लाख ७१ हजार तीन सय ११ कित्ता शेयर किनबेच भएकाछन् । सोही किनबेचका आधारमा आज कुल शेयर कारोबार रकम चार अर्ब ५४ करोड २३ लाख ४५ हजार दुई सय ७१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक बढ्दा नेप्से पुरै हरियो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये मेरो माइक्रो फाइनान्स, बोर्टलस नेपाल तराई लिमिटेड, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी, फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा भने जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, सामलिङ पावर लिमिटेड, तेह्रथुम पावर लिमिटेड, कालिका पावर लिमिटेड आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नबिल बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि, नेशनल हाइड्रो पावर कम्पनी आदि परेकाछन् ।