Kath Khabar
नेप्सेको उच्च वृद्धिमा लाग्यो ब्रेक

काठमाडौ, मंसिर २१।  नेप्सेको उच्च वृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन ३२ अंकले बढेको नेप्से आज मंगलबार भने ३७ दशमलव १८ अंकले घटेर २५ सय आठ दशमलव ९० अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि छ दशमलव ८५ अंकले घटेर चार सय ७४ दशमलव १३ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय ३१ वटा कम्पनीहरूको ४९ हजार सात सय ४१ पटकको कारोबारमा ८३ लाख ३० हजार ९३ कित्ता सेयर खरिद बिक्री भएकाछन् । सोही आधारमा आज कुल कारोबार रकम तीन अर्ब १२ करोड ८३ लाख ४१ हजार सात सय रुपैयाँमा सीमित हुन पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको भएकाछन् । जसमध्ये ट्रेडिङ र सामूहिक लगानी कोष समुहको सूचक झिनो अंकले बढेकाछन् भने वाणिज्य बैंक, जलविद्युत, विकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी सहितका ११ वटा समुहहरूको सूचक उच्च अंकले घटेकाछन् ।

कारोवार भएका कुल कम्पनीहरू मध्ये आज सिटिजन्स म्युचुअल फण्ड २, सर्पोट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, सनराइज फस्ट म्युचुअल फण्ड, युनिलिभर नेपाल लिमिटेड आदिको सेयर मूल्य बढेकाछन् भने आईसीएफसी फाइनान्स एक्सेल डेभलपमेन्ट बैंक, मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्स आदिको सेयर मूल्य भने घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज प्राइम कर्मसियल बैंक, महालक्ष्मी विकास बैंक आदि परेकाछन् ।


 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update