
काठमाडौं, मंसिर २३। नेप्से सूचक तथा कारोबार रकम दुबै खुम्चिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से पाँच दशमलव ८४ अंकले घटेर २४ सय ४९ दशमलव ९७ अंकमा सीमित हुँदा सेन्सिटिभ भने शून्य दशमलव ४३ अंकले बढेर चार सय ६५ दशमलव २३ अंकमा चढेको छ । दुई सय ३१ वटा कम्पनीहरूको ४१ हजार तीन सय ८९ पटकको कारोबारमा ६२ लाख २३ हजार सात सय २१ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही आधारमा आज कुल कारोबार रकम दुई अर्ब ६७ करोड ३३ लाख आठ हजार सात सय ९२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, फाइनान्स, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमूलक, लघुवित्त र लगानी सहितका १० वटा समुहहरूको सूचक घटेकाछन भने होटल तथा पर्यटन, अन्य र सामूहिक लगानी कोष सहितका तीन वटा समुहको सूचक बढेकाछन् ।
कारोबार भएका कम्पनीहरू मध्ये आज सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी, लक्ष्मी इक्विटी फन्ड, सर्पोट लघुवित्त वित्तीय संस्था, बोटलर्स नेपाल तराई लिमिटेड आदिको शेयर मुल्य बढेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, मैलुङखोला जलविद्युत कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेकाछन । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, अपी पावर लिमिटेड, नबिल बैंक, महालक्ष्मी विकास बैंक आदि परेकाछन् ।