
काठमाडौं, पुस १। शेयर बजार पुन: घटेको छ । साताको अन्तिम कारोबार आज बिहीबार नेप्से ३७ दशमलव ८७ अंकले घटेर २३ सय ७६ दशमलव ७४ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पाँच दशमलव ८८ अंकले घटेर चार सय ५३ दशमलव ५३ अंकमा सीमित हुन पुगेको छ । दुई सय २४ वटा कम्पनीहरूको ३७ हजार दुई सय ३६ पटकको कारोबारमा ५३ लाख ७९ हजार आठ सय ६० कित्ता शेयर किनबेच भएकाछन् । उक्त परिमाणमा शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब ३० करोड १७ लाख ५१ हजार नौ सय ६८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये सामूहिक लगानी कोष समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १२ वटा समुहको सूचक घटेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज नेपाल बंगलादेश बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेकाछन् भने घलेम्दी हाइड्रो पावर कम्पनी, मैलुङखोला जलविद्युत कम्पनी आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने प्रभु बैंक, अरुण कावेली पावर लिमिटेड, अपि पावर लिमिटेड, नेशनल हाइड्रो पावर कम्पनी आदि परेकाछन् ।