Kath Khabar
नेप्सेमा १२ अंकले वृद्धि, दुई सय २९ वटा कम्पनीहरूको चार अर्ब ४९ करोडको कारोबार

काठमाडौं, पुस ८। साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से बढेको छ । नेप्से आज १२ दशमलव ५३ अंकले बढेर २५ सय २० दशमलव २३ अंकमा कायम रहेको छ । यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव एक अंकले बढेर चार सय ७७ दशमलव ३६ अंकमा कायम हुन पुगेको छ । आज नेप्सेमा दुई सय २९ वटा कम्पनीहरूको ५९ हजार आठ पटकको कारोबारमा ८३ लाख २३ हजार नौ सय २३ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्र का आधारमा आज कुल शेयर कारोबार रकम चार अर्ब ४९ करोड दुई लाख ६६ हजार चार सय १० रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, लघुवित्त, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका १० वटा समुहहरूको सूचक बढेकाछन् भने विकास बैंक, जलविद्युत र फाइनान्स सहितका तीन वटा समुहहरूको सूचक भने घटेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज शिखर इन्स्योरेन्स कम्पनी, बरुण हाइड्रो पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, सामलिङ पावर लिमिटेड आदिको शेयर मूल्य बढेकाछन् भने गोर्खाज फाइनान्स, समिट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य भने घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज हिमालयन डिस्ट्रिलरी प्रालि, गोर्खाज फाइनान्स, अरुण भ्याली हाइड्रो पावर कम्पनी आदि परेकाछन् ।


 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update