Kath Khabar
नेप्सेमा उच्च वृद्धि , ७१ अंकले बढ्दा पाँच अर्ब १७ करोडको शेयर कारोबार


काठमाडौं, पुस ११ । साताको सुरुवाती कारोबार दिन आज आइतबार नै नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ७१ दशमलव दुई अंकले बढेर २५ सय ९१ दशमलव ४२ अंकमा पुग्न सफल भएको छ भने सेन्सिटिभ पनि एक दशमलव १३ अंकले बढेर चार सय ८२ दशमलव ७४ अंकमा पुग्न सफल भएको छ ।

दुई सय ३१ वटा कम्पनीहरूको ६२ हजार २१ पटकको कारोबारमा ८६ लाख एक हजार नौ सय ५६ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोबार रकम पाँच अर्ब १७ करोड ३२ लाख पाँच सय तीन रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये जलविद्युत र फाइनान्स समुहको सूचक घटेकाछन् भने वाणिज्य बैंक, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहहरूको सूचक बढेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज एभरेष्ट इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, प्राईम लाईफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेकाछन् भने गोर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, न्यादी ग्रुप पावर लिमिटेड आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।  


 

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update