
काठमाडौं, पुस १२। अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने घटेको छ । नेप्से आज ६९ दशमलव ७७ अंकले घटेर २५ सय २१ दशमलव ६५ अंकमा सिमित हुन पुगेको छ भने सेन्सिटिभ पनि १० दशमलव ८५ अंकले घटेर चार सय ७१ दशमलव ८९ अंकमा सीमित हुन पुगेको छ । दुई सय ३८ वटा कम्पनीहरूको ६७ सात सय ६० पटकको कारोबारमा एक करोड दुई लाख ९२ हजार दुई सय २६ कित्ता शेयर किनबेच भएकाछन् । सोही किनबेचका आधारमा आज कुल शेयर कारोबार रकम रकम पाँच अर्ब ६० करोड ७४ लाख ३९ हजार छ सय ७१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । सो मध्ये वाणिज्य बैंक, फाइनान्स, निर्जीवन बीमा, विकास बैंक, जलविद्युत, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक उच्च अंकले घटेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज गोर्खाज फाइनान्स, मध्यभोटेकोशी जलविद्युत कम्पनी, बोटलर्स नेपाल तराई लिमिटेड, मेगा बैंक आदिको शेयर मूल्य बढेकाछन् भने जोशी हाइड्रो पावर कम्पनी, घलेम्दी हाइड्रो पावर कम्पनी, अजोड इन्स्योरेन्स कम्पनी, सामलिङ पावर लिमिटेड, जोशी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य भने घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नबिल बैंक, शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।