Kath Khabar
साताको दोस्रो कारोबार दिन पनि बढ्यो नेप्से

काठमाडौं, पुस १९। साताको दोस्रो कारोबार दिन आज सोमबार पनि नेप्से बढेको छ । नेप्से आज ३२ दशमलव दुई अंकले बढेर २६ सय १७ दशमलव ९४ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव ८६ अंकले बढेर चार सय ८७ दशमलव ८७ अंकमा पुग्न सफल भएको छ । दुई सय ३० वटा कम्पनीहरूको ५४ हजार पाँच सय पाँच पटकको कारोबारमा ८२ लाख पाँच हजार ५२ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब ५३ करोड ३० लाख १७ हजार एक सय ७९ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकाछन् । जसमध्ये उत्पादनमूलक समुहको सूचक घटेको छ भने वाणिज्य बैंक, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, विकास बैंक, जलविद्युत, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समुहहरूको सूचक पनि बढेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मध्यभोटेकोसी जलविद्युत कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्था, फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेकाछन् भन, नेपाल बंगलादेश बैंक, तेह्रथुम पावर लिमिटेड आदिको शेयर मूल्य घटेकाछन् । बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, अपी पावर लिमिटेड, नबिल बैंक आदि परेकाछन् ।

 

 

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update