
काठमाडौं, चैत १५। नेप्सेमा पुुन पहिरो गएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार पनि १४ दशमलव २६ अंकले घटेर २५ सय २७ दशमलव ५८ अंकमा सीमित हुँदा सेन्सिटिभ पनि दुई दशमलव १५ अंकले घटेर चार सय ७१ दशमलव ९३ अंकमा सीमित हुन पुगेको छ ।
नेप्सेमा आज दुई सय २५ वटा कम्पनीहरूको ३१ हजार चार सय ३१ पटकको कारोबारमा ३८ लाख ९० हजार एक सय ३१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल शेयर कारोबार रकम एक अर्ब ७५ करोड छ लाख २८ हजार एक सय ९९ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोबार भएका छन । जसमध्ये होटल तथा पर्यटन समुहको सूचक बढेर वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका बाँकी १२ वटै समुहहरुको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज इर्मर्जिङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने एनआईबिएल समृद्धि फण्ड २, सगरमाथा इन्स्योेन्स कम्पनी, मिर्मिरे लघुवित्त वित्तीय संस्था आदिको सेयर मुल्य घटेका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज शिवम सिमेन्ट, ग्लोवल आईएमई बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि, जीवन विकास लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।