Kath Khabar
रोकियो नेप्सेको उच्च वृद्धि, सूचक तथा कारोबार रकम दुबै घटे


         काठमाडौं, वैशाख १२। नेप्सेको उच्च वृद्धि रोकिएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने ३४ दशमलव ९५ अंकले घटेर २३ सय ८६ दशमलव एक अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ छ दशमलव १९ अंकले घटेर चार सय ५४ दशमलव ६९ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय ३९ वटा कम्पनीहरूको ४६ हजार चार सय एक पटकको कारोबारमा ५० लाख ४७ हजार सात सय ६९ कित्ता किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम दुई अर्ब चार करोड २२ लाख ५३ हजार एक सय ८२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन र सामूहिक लगानी कोष समुहको सूचक बढेको छ भने वाणिज्य बैक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका ११ वटा समुहको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज जाल्पा लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रो पावर कम्पनी, हिमाल दोलखा हाइड्रो पावर कम्पनी, खानीखोला हाईड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, युनाइटेड इदीमर्दी हाइड्रो पावर कम्पनी, मैलुङखोला जलविद्युत कम्पनी, इर्मर्जिङ नेपाल लिमिटेड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने अरुण भ्याली हाइड्रो पावर कम्पनी, शिवम् सिमेन्ट, ग्रीन भेन्चर लिमिटेड आदि परेका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update