लहानका किसानले फलाए रङ्गीन र फरक स्वाद भएको काउली
बुधबार, माघ २४, २०८०

उखुको मूल्य बढाउनु पर्ने माग सहित लाँक्रा बोकेर किसान सडकमा
आइतबार, पुस १, २०८०
उखु क्रसिङको समय शुरु भइसक्दा समेत समर्थन मूल्य नतोकिएको र अघिल्लो वर्षको अनुदान सरकारले अझै नदिएको भन्दै उनीहरूले शनिबार हरिवनमा प्रदर्शन गरेका हुन् ।

५ लाख २० हजार टन रासायनिक मल आयात गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन
आइतबार, मंसिर २४, २०८०
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले निरन्तरको प्रयास पछि यो वर्ष मल आयात केही सजिलो भएको बताए । ‘बजेटमै ठूलो रकम विनियोजन हुँदा आयातमा केही सजिलो भयो,’ उनले भने, ‘अर्कातिर रणनीति नै बनाएर हामीले यसपटक समयमै मल ल्याउने योजनालाई कार्यान्वयन गरेका हौँ ।’

‘माटो र पानी जीवनको थालनी’ नारा सहित आज ‘विश्व माटो दिवस’ मनाइँदै
मंगलबार, मंसिर १९, २०८०
भूक्षय तथा अत्यधिक पानी परेका कारण वार्षिक प्रतिहेक्टर १२ देखि १४ टन माटो बगेर जाने गरेको छ । त्यसमा पहाडमा मात्र २० देखि ३० टन माटो बग्ने गरेको छ । केन्द्रका प्रमुख विष्टका अनुसार १.४ एमएम माटोको माथिल्लो सतह बगेर जाने गरेको छ।

कृषि प्रधान देशमा कृषि बिषय प्रति घट्दो आकर्षण
बुधबार, मंसिर १३, २०८०
उनले ४ हजार भन्दा बढी विद्यार्थीले आवेदन दिने गरेकामा क्रमशः घट्दै गएको बताउनुभयो । विश्वविद्यालयको दैलेखको दुल्लुमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा गएको वर्ष विद्यार्थी शून्य भएका थिए । विश्वविद्यालयको केन्द्रीय क्याम्पस रामपुर, कास्कीको पुरनचौर र सिन्धुलीको मरिन बाहेकका आङ्गिक क्याम्पसमा आधाभन्दा पनि कम विद्यार्थी पढाउनु परेको उनले जानकारी दिए...

११ किलोमिटर लामो नहर सफा गर्न जुटे एक हजार किसान
मंगलबार, मंसिर १२, २०८०
१२ गाउँका किसानले भाग अनुसार कुलो सफा गर्ने गरेका छन् । कुलो सफाइ कार्यक्रममा सिँचाइ समितिका पदाधिकारी र गाउँका बडघरले नेतृत्व लिएर काम गरिरहेका छन् ।

लमजुङका किसानले २५१ मेट्रिक टन अलैँची बिक्रीबाट गरे २४ करोड आम्दानी
मंगलबार, मंसिर १२, २०८०
आव २०७९/८० मा प्रतिकिलो अलैँची कम्तीमा ५५० रुपैयाँ देखि ७ सयसम्म बिक्री भएको थियो। उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका छन्।
बोयर जातका खसी बोकाले बजार नपाएपछि किसान चिन्तामा
सोमबार, मंसिर ४, २०८०
२०६८ सालदेखि बाख्रा पालन गरेका श्रीसले स्थानीय जातका बाख्रापालन छोडेर जिल्लामै पहिलो पटक बोयर पालन सुरू गरेका थिए। उनको फार्म र बाहिर पाल्न दिएको गरी करिब १ करोड मूल्य बराबरको बोयर बाख्रा बिक्री नहुदाँ समस्यामा छन्।

वनस्पति विभागले सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउन निःशुल्क तालिम दिने
सोमबार, मंसिर ४, २०८०
विभागले तालिम लिन चाहने इच्छुक सङ्घसंस्था, कम्पनी तथा व्यावसायिक समूहलाई सम्पर्कमा आउन आह्वान गरेको छ । १० जनाजति इच्छुक भएमा तत्काल तालिम शुरु हुने र निःशुल्क तालिम प्रयोगशालामा नै दिइने विभागले जनाएको छ ।

बागमती प्रदेशमा कृषिबाटै खान नपुग्ने परिवार ५६ प्रतिशत
बुधबार, कात्तिक २२, २०८०
बाग्मतीमा ७२ दशमलव छ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्र्याक्टर र पावररट्रिलर प्रयोग गर्नेको सङ्ख्या बढेकाे छ ।
८० हेक्टर मार्सी धानबाली नेक ब्लास्ट (घाँटी मरुवा) रोगले नष्ट
मंगलबार, असोज २३, २०८०
धानमा लाग्ने ब्लास्ट रोग ३ प्रकारका हुन्छन् । ‘एउटा लिप ब्लास्ट (पातमा) हुने संक्रमण नियन्त्रणमा लिन सकिन्छ । दोस्रो फिंगर ब्लास्ट (धानको डाँठमा) लाग्ने रोगलाई पनि नियन्त्रण गर्न सकिन्छ । तेस्रो ब्लास्ट रोग भनेको नेक ब्लास्ट (घाँटी मरुवा) अर्थात् धानको बालामै लाग्ने रोग हो । यसले बाला पोटिलो नहुने, धानमा...
1696586503.jpg)
अब मनाङको स्याउ मनाङमै खपत हुने, हुम्देमा स्याउको वाइन उत्पादन शुरु
शुक्रबार, असोज १९, २०८०
मनाङ बेभरेज प्रालिले मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्देमा वाइन कारखाना सञ्चालनमा ल्याई कम्पनीले स्याउको उत्पादनलाई परिस्कृत गर्ने उद्देश्यले वाइन कारखाना सञ्चालनमा ल्याएको हो । यो कारखाना सञ्चालनमा आएसँगै अब मनाङको स्याउ मनाङमै खपत हुने भएको छ ।
साताको लोकप्रीय