'समुदायको नेतृत्वमा एड्सको अन्त्य’ भन्ने नारासहित आज देशभर विश्व एड्स दिवस मनाइँदै
शुक्रबार, मंसिर १५, २०८०

हिजो प्रधानमन्त्री प्रचण्डलाई लिएर दुबई जाने क्रममा छुटेका ३१ जना यात्रुलाई नेपाल एअरलाइन्सले आज लैजाने
बिहीबार, मंसिर १४, २०८०
यात्रुलाई पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दै निगमले आज वैकल्पिक उडानबाट सबै यात्रुलाई गन्तव्यमा पुर्याउने प्रबन्ध मिलाइएको जानकारी गराएको छ ।

ललितपुरमा थपिंदै छन् १४ सय स्मार्ट स्ट्रिट लाइट
बिहीबार, मंसिर १४, २०८०
दोस्रो चरण अन्तर्गतका १ हजार ४ सय बत्ती मध्ये महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी छ । यस चरण पछि ललितपुरका सबैजसो मुख्य सडक झिलिमिली हुनेछन् । दोस्रो चरणमा सातदोबाटो-हरिसिद्धि, धापाखेल-सुनाकोठी, भैँसेपाटी-बुङमती, खोकना लगायत क्षेत्रका सडकमा जडान हुनेछन् ।
९ औं अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा शुरु
बिहीबार, मंसिर १४, २०८०
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा शुरु भएको मेलामा नेपाल सहित भारत, चीन, बंगलादेश र पाकिस्तानी ब्रान्डका तयारी कपडा, पस्मिना, हस्तकलाका, मेकअप आइटम लगायत विविध वस्तुहरू राखिएको छ।

काठमाडौंमा चिसो बढेसंगै तापक्रम घट्यो
बिहीबार, मंसिर १४, २०८०
राजस्थानमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण काठमाडौंमा चिसो महसुस भएको हो।

प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा सहभागी हुन दुबईमा
बिहीबार, मंसिर १४, २०८०
नेपाल एअरलाइन्सको नियमित उडानबाट उहाँ नेतृत्वको टोली दुबई प्रस्थान गरेको हो । दुबईमा आज देखि सम्मेलन शुरु हुँदैछ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरूको सम्मेलनको २८औँ संस्करणमा प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ ।

५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको आयल निगम ऋण मुक्त
बिहीबार, मंसिर १४, २०८०
करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको नेपाल आयल निगम ऋण मुक्त भएको छ । ऋणको दायित्व रहेको भन्दै मूल्य समायोजन गर्न आनाकानी गर्ने निगम ऋण मुक्त हुँदा समेत मूल्य घटाएको छैन ।
साताको लोकप्रीय