Kath khabar
महिनावारी कप के हो र यो कसरी प्रयोग गरिन्छ ?

                काठमाडौं, जेठ १७। महिनावारी कप अथवा Menstrual Cup भनेको सिलिकनले बनेको सानो कप हो । यो लचिलो फनेल आकारको हुन्छ जसलाई महिनावारीको समयमा प्याड वा ट्याम्पोनको सट्टा प्रयोग गर्न सकिन्छ । यसले रगत संकलन गर्ने गर्दछ।

यी कपहरूले अन्य विधिहरूभन्दा बढी रगत संकलन गर्न सक्छ र जसले गर्दा रगत चुहिने खतरा हुदैन । डाक्टरहरुको बमोजिम यो कप १२ घण्टासम्म लगाउन सकिन्छ। यसलाई योनीभित्र छिराएर प्रयोग गरिन्छ । यो कप गर्भाशयभन्दा तलपट्टि योनीको भित्तामा अडिन्छ र रगत बग्न दिँदैन । रगत कपमा जम्मा हुन्छ ।  

नेपाल एउटा विकासोन्मुख देश हो र यहाँ महिनावारीको कुरा खुलेर गर्न अझै पनि कठिन नै छ।  त्यसैले पनि नेपालको थुप्रै महिलाहरु यो कप प्रयोग गर्न डराउछन्।  तर हरेक महिलाले डाक्टरसँग सल्लाह गरेर यो कप प्रयोग गर्न सकिन्छ । महिनावारी कप थुप्रै आकारको पाइन्छ ।

पुन: प्रयोग गर्न मिल्ने यो महिनावारी कप टिकाऊ हुन्छन् र ६ महिनादेखि १० वर्षसम्म टिक्न सक्छन् । पुनः प्रयोग गर्न मिल्ने भएको कारण यसले वातावरणलाई पनि कम असर पार्ने गर्दछ।

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update