आइतबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय फिर्ता

काठमाडौँ, जेठ २४ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय खारेज गरेको हो । गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । सरकारले असार १ गतेबाट लागू हुनेगरी आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको हो।
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९ ०७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय