Kath Khabar
प्रतिनिधिसभा - संसदमा एमालेद्धारा अर्थमन्त्री शर्माको राजीनामा माग


             काठमाडौं, जेठ ३१। प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठक प्रारम्भ हुने बित्तिकै पूर्वअर्थमन्त्री समेत रहेका एमाले सांसद सुरेन्द्र पाण्डेले बजेट निर्माणको सिलसिलामा अनधिकृत मान्छेहरुसँग साँठगाँठ गरी करका दरहरुमा तलमाथि पारिएको भन्ने समाचार सार्वजनिक भएकोप्रति ध्यानाकर्षण गराउँदै अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभएको हो ।

बजेट संसदमा प्रस्तुत हुनुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा आएर यसका बारेमा प्रस्ट नपार्नु आपत्तिजनक कुरा भएको उहाँले बताउनुभयो । करजस्तो गम्भिर विषयका गोपनियताहरु सार्वजनिक गर्ने तथा साँठगाँठ गर्ने जस्ता कुराहरु गम्भिर हुन् यस विषयमा छानबिन हुनुपर्ने माग गर्नुभयो ।

अर्थमन्त्री शर्माले करको दर छुटका विषयमा अनधिकृत व्यक्तिलाई सहभागी गरेको समाचार सार्वजनिक भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update