Kath Khabar
बालविकास शिक्षकको तबल वृद्धि भएको छ- शिक्षामन्त्री पौडेल


         काठमाडौं, जेठ ३१। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकास शिक्षकको तबल वृद्धि भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले २०७८।७९ मा संघीय सरकारले दिँदै आएको ८ हजारमा २ हजार थप गरी १० हजार तलब बनाइएको बताउनुभयो ।

‘चालु आर्थिक वर्ष २०७८।०७९ मा संघीय सरकारबाट ८ हजार र स्थानीय तहबाट ७ हजार गरी न्यूनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्था गरिएको हो,’ उहाँले भन्नुभयो, ‘बालविकास शिक्षकको हकमा संघीय सरकारबाट २ हजार थप गरी १० हजार उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ ।’


 

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update