सातवटै प्रदेशको आगामी आर्थिक वर्षको बजेट आज

काठमाडौं, असार १ । सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दैछन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन-२०७४ अनुसार देशका सबै प्रदेशले हरेक आर्थिक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ ।
चालु आव २०७८/७९ भन्दा आगामी आव २०७९/८० को बजेटको आकारमा वृद्धि हुने अर्थ मन्त्रालयले जनाएको छ । वर्तमान सरकारको यो अन्तिम बजेट भएकाले पनि चालु आवको भन्दा आगामी आवको बजेटको आकार बढ्न सक्ने अर्थमन्त्रालय स्रोतले जनाएको छ । चालु आवमा करिब ७० प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको छ ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९ १०:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय