Kath Khabar
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिदैं

             काठमाडौं, असार २। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने भएका छन् । प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन असार २ गते आजका लागि समय निर्धारण गरिएको छ ।

हिजोको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा राति ९ः३० बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त जानकारी गराउनुभएको हो । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । 

 

 

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update