काठमाडौं, असार २। प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा सांसदहरूले अर्थमन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने क्रम जारी छ ।
अर्थमन्त्री जनार्दन शर्माले राजश्वको दरहरु परिवर्तन प्रक्रियाअनुसार नै गरिएको बताउदै भन्नुभयो, 'राजश्वको दरहरु परिवर्तन गर्ने सन्दर्भमा आवश्यक प्रक्रियाहरु छन् जसमा सम्बन्धित विभागिय प्रमुख र सचिवज्यूहरु सहितको कमिटी बसेर गर्ने प्रचलन छ । त्यो अनुसार भएका दररेटहरु प्रति म पूर्ण जिम्मेवारी छु । त्यसमा कतै राष्ट्रघात भएको छ भने म जिम्मेवारी लिन तयार छु । यहाँनेर कुनै राष्ट्रघात भएको छैन । देशको आयात तथा उत्पादनलाई ध्यान दिएर, औद्योगिक क्षेत्रलाई समेत कसरी अगाडि बढाउने भन्ने कुरालाई समेत ध्यान दिएर दरहरु परिवर्तन भएको कुरा स्पष्ट गर्न चाहन्छु ।