एसपीपीबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित

काठमाडौं, असार ५ । एसपीपीबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित हुनुभएको छ ।
अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न समितिले प्रधानमन्त्री देउवालाई आज बिहानको बैठकमा बोलाएको थियो । देउवाको सचिवालयले प्रधानमन्त्री धनगढीमा रहेको भन्दै बैठकमा उपस्थिति हुन नसक्ने समिति सभापति पवित्रा निरौला खरेलले बताउनुभयो।
आफूले आज फोन गरेर संसदमा उपस्थित हुन बोलाए पनि देउवाले बेवास्ता गरेको भन्दै प्रधानमन्त्री देउवाले संसदको अपमान गरेको खरेलले बताउनुभएको छ । गत शुक्रबारको बैठकले एसपीपीबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९ १४:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय