Kath Khabar
न्यायाधीश-वकिल घूस प्रकरणबारे छानबिन समिति गठन

 

      काठमाडौं, असार ८। घूस लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न न्यायपरिषद्ले सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ ।

इच्छाराज तामाङलाई छुटाउन न्यायाधीश र अधिवक्ताबीचको गोप्य अडियो संवाद बाहिर ल्याएपछि न्यायपरिषद्‍ले छानविन समिति गठन गरेको हो। आज बुधबार बसेको न्यायपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको कानुनमन्त्री गोविन्द कोइरालाले जानकारी दिए ।

न्यायाधीश कोइरालाले भने फेसबुकमार्फत आफूले अनुचित कार्य नगरेको भन्दै भनेका छन् 'मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । मबाट कुनै अनुचित कार्य भएको छैन । विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु । ममाथि न्याय परिषद्‍बाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु ।'

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update