
काठमाडौं, जेठ ९ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिद्धारा गरिएको प्रतिनिधि सभा विघटनाको असंवैधानिक र अलोकतान्त्रिक भएको बताउनु भएको छ ।
उहाँले शनिबार विज्ञप्ति जारी गर्दै छिल्लो विकासित राजनीतिक घटनाक्रम, मुलत: हिजो मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्धारा गरिएको प्रतिनिधि सभा विघटनाको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।
यो कदम २०७७ पुस ५ को प्रतिनिधि सभा विघटन् विरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २) ७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिन्छ, विज्ञप्तिामा भनिएको छ ।
सम्मानित सर्वोच्च अदालतको उक्त फसैलामा अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ठ रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकका अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधि सभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधान सम्मत हुँदैन उल्लेख भएको यहाँ विशेष स्मरणीय छ ।