पर्यटनमन्त्री प्रेम आलेले दिए राजीनामा

काठमाडौं, असार १२। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री प्रेम आलेले राजीनामा दिनुभएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाललाई उहाँले राजीनामा बुझाउनुभएको हो ।
आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गर्नुभएको थियो। उहाँले आफ्नो राजीनामाबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेको तथा आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गरेको बताउनुभएको छ ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९ १४:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय